Monday, July 6, 2015

मेरो मामा

आज मेरो प्यारो मामा आउनुभयो
सधैझैँ चक्लेट बोकेर ल्याउनुभयो
किन हो जैलै कोहि नहुँदा आउनुन्छ
आज भान्जिलाइ माया गर्ने ल ?
भन्दै मलाई  बोलाउनुन्छ
मलाई थाहा छ मामाले कत्ति माया गर्नुन्छ
एकचोटी म्वाई खाने अनि पापा दिन्छु हस्?
ज्ञानी गुडिया भन्दै काखमा राख्नुन्छ
मामाले त आज नयाँ नाना लेर आउनु भएछ
राजकुमारीको जस्तै फरर परेको जामा पो? आहा!
जामा लाइदिन्छु भन्दै नाना फुकाल्न थाल्नुभयो
चक्चक नगरी चुप लागेर मामाले भनेको मान भन्नुभयो
तर मामाले जामा किन लाइदिनुभएन?
जामा लगाइदेर माया गरेको भए नि हुन्थ्यो नि?
मलाइ राजकुमारी जस्तो देखिन्न हो?
मामालाई सन्चो भएन कि के हो आज अर्कै हुनुभो
पहिला गालामा माया गर्नुन्थ्यो आज त जिउमा गर्नुभो
मामा मलाई  दुख्यो छोड्नु न
जामा लाउदिन बरु पापा नि खान्न ऐया भो के
मामा रोटे पिङ खेल्न जाने नि भन्दिन नि
हेर्नू त हात भरी घाउ भो के
मामाले छोड्दै छाेड्नु भएन
आज धेरै माया लागेर होला भान्जी को
भयो मामा म्वाई नखानु भन्दा नि मान्नुभएन
तर मलाई  थाहा छ मामाले कत्ति माया गर्नुन्छ
भोलि फेरि पापा लिई मलाई भेट्न आउनुन्छ।






No comments:

Post a Comment