Wednesday, July 15, 2015

तिमी + म = हामी

कुनै दिन यस्तो आउला हामी फेरि एक हुनेछौं
भविष्यका लागि सजाएका सारा सपना पूरा गर्नेछौं
बितेका दु:खद पल भुलाएर वर्तमानमा जिउनेछौं
"हामी"बाट टुक्रिएका पुनः "हामी" मै पुग्नेछौं

अहिले सङ्गै नभएर के भो त ,दिन त्यो पनि आउनेछ
जब तिम्रो मनमा मप्रतिको घृणा अवश्य हट्नेछ
अंगाल्ने छौ तिमीले "मेरी माया" भन्दै ,
तिम्रो हृदयमा मेरो अड्डा फेरि पक्का जम्नेछ

कसम छ तिमिलाई, रुवाउने छैन फेरि
थाम्नेछु तिम्रो हात कहिलै नछाड्ने गरि
भुतुक्कै पार्नेछु तिमिलाइ मन मेटुन्जेल हेरी
बोलाउनेछु तिम्रो नाम सधैँ घरीघरी

मलाई थाहा छ ,तिम्रो मेरो साथ यतिमै टुंगिनेछैन
यो दूरि र एक्लोपनले सदा सताउनेछैन
कहालीलाग्दो यो अँध्यारो रात सधैं रहनेछैन
उज्यालो लुकाएर त्यो सुर्य यसरी हराउनेछैन।

Monday, July 6, 2015

अन्जान

उ छुन्थ्यो मलाई , म खोज्थेँ स्पर्श
उ हसाँउन खोज्थ्यो, म माग्थेँ हर्ष
पुराउँथ्यो मेरो सारा इक्षा आकाङ्छा
मेटाउन सकेन त केबल आवश्यकता
सुम्पेका थिए बुवाआमाले, बनाई मलाई बेहुली
भनेका थिए त्यही अन्जानसँग खुसी रहौली
माइतबाट बिदा गर्दैमा कहाँ हुन्थेँ र म कसैको
बनेँ होला स्वास्नी तर बन्न सकिन श्रीमती उस्को
न उस्को सुगन्ध लाग्थ्यो आफ्नो,न उस्को दृश्य नै
न उस्को निकट त्यो आनन्द थियो,न उस्को मायामै
ऊ आफ्नो मोहलेे भिजाउन खोज्थ्यो मेरो तन
तर अफसोस सधैँ ओभानो नै रह्यो यो मन

मेरो मामा

आज मेरो प्यारो मामा आउनुभयो
सधैझैँ चक्लेट बोकेर ल्याउनुभयो
किन हो जैलै कोहि नहुँदा आउनुन्छ
आज भान्जिलाइ माया गर्ने ल ?
भन्दै मलाई  बोलाउनुन्छ
मलाई थाहा छ मामाले कत्ति माया गर्नुन्छ
एकचोटी म्वाई खाने अनि पापा दिन्छु हस्?
ज्ञानी गुडिया भन्दै काखमा राख्नुन्छ
मामाले त आज नयाँ नाना लेर आउनु भएछ
राजकुमारीको जस्तै फरर परेको जामा पो? आहा!
जामा लाइदिन्छु भन्दै नाना फुकाल्न थाल्नुभयो
चक्चक नगरी चुप लागेर मामाले भनेको मान भन्नुभयो
तर मामाले जामा किन लाइदिनुभएन?
जामा लगाइदेर माया गरेको भए नि हुन्थ्यो नि?
मलाइ राजकुमारी जस्तो देखिन्न हो?
मामालाई सन्चो भएन कि के हो आज अर्कै हुनुभो
पहिला गालामा माया गर्नुन्थ्यो आज त जिउमा गर्नुभो
मामा मलाई  दुख्यो छोड्नु न
जामा लाउदिन बरु पापा नि खान्न ऐया भो के
मामा रोटे पिङ खेल्न जाने नि भन्दिन नि
हेर्नू त हात भरी घाउ भो के
मामाले छोड्दै छाेड्नु भएन
आज धेरै माया लागेर होला भान्जी को
भयो मामा म्वाई नखानु भन्दा नि मान्नुभएन
तर मलाई  थाहा छ मामाले कत्ति माया गर्नुन्छ
भोलि फेरि पापा लिई मलाई भेट्न आउनुन्छ।