Saturday, August 15, 2015

उफ् यो पढाई


हिम्मत र तागत सबै लगाएर
आज म पढ्न बस्दैछु
आलश्य र डर भगाएर
म किताबको भुमरीभित्र पस्दैछु
अलिअलि भोक लाग्न पो थाल्यो
किताबका सादा पाना पल्टाउँदा
निन्द्राले आँखामा डेरा जमाउन थाल्यो
यी भयङ्कर हिसाब सल्टाउँदा
आज जीउ गलेजस्तो छ निकै
पढ्नुपर्यो आरामले ढल्केर
तर यो पापी तनले धोका दियो
निदाउन खोज्छ आराममै पल्केर
चिमोट्न थाल्छु , सम्झाउँछु आफूलाई
अहँ आज जसरी नि यति पढ्नु छ
सबैले चढेको सफलताको सिँढी
आज मैले जसरी नि चढ्नुु छ
तर, पापी मन खोज्न थाल्छ रमाइलो
भन्छ, सक्दिन पढ्न यी मोटा पाना
के गरुँ म ,मजबुर छु ओइ मन
सक्दिन बनाउन यी किताबलाई साना
पत्रिकाको विज्ञापनले नि तान्छ
पढ्न मन लाग्दैन जब
निराशिएको मन आनन्द मान्छ
म टिभी खोल्दछु जब
एकछिन सुत्छु ,अनि उठेर पढ्छु
बाचा छ मेरो यो लोभी मन मार्छु
बिताइदिन्छु हरेक पल पुस्तकको नाममा
रातदिन कस्सिएर पसिना झार्छु
आज त साथी पो आएछ
जाउँ हिंड् घुम्न भन्न थाल्यो
मन चङ्गा भो ,खुसिले दङ्ग भो
अघि खाएको कसमलाई लोभले टाल्यो
आज यसो फ्रेस हुन जानूपर्यो
भोलिबाट त पक्का पढ्ने छु
कि म रहने छैन कि यो किताब
भोलिबाट यो विशाल पहाड चढ्नेछु
आज पिउँछु म, नरोक मलाई
आनन्दको सास अन्तिमपल्ट फेर्नदेउ
भोलिबाट अँध्यारो जिन्दगी सुरु हुन्छ
आज एकछिन उज्यालो हेर्नदेउ
मनको कुनै कुनामा थाहा छ मलाई
यो भाकल गरेको "भोलि" आउनेछैन
तर पनि आजको बोझ भोलिलाई सार्छु
पत्तो हुँदाहुँदै कि भोलि फरक घाम उदाउनेछैन








2 comments:

  1. माथी बाट जब निहाल्दै जरे तल
    कता कता आफ्नै पढे झै लग्यो कथा
    डर लग्छ कहिले कहि जिन्दगीले गर्ने होकी छल
    जे भए नि उतर्नु भयो समस्त बिध्यार्थीको ब्याथा।।।
    awesome!!! keep writing..

    ReplyDelete
  2. माथी बाट जब निहाल्दै जरे तल
    कता कता आफ्नै पढे झै लग्यो कथा
    डर लग्छ कहिले कहि जिन्दगीले गर्ने होकी छल
    जे भए नि उतर्नु भयो समस्त बिध्यार्थीको ब्याथा।।।
    awesome!!! keep writing..

    ReplyDelete