Wednesday, February 3, 2016

Behind the floral curtains lie naked thorns,

Behind the floral curtains lie naked thorns,
A raw corner in everyone's heart
No inhibitions , no concealing
The filthy space where negativity rules
Where you nurse grudges against your neighbour
Where you secretly fall for your bestfriend's crush
The ugly room only you've been
You've decorated it with frustrations
Painted it with jealousy and fantasies
You've shared your darkest secrets
Of how your childhood had been
The scariest encounters with yourself
You cry , you shout louder and yet louder in your silence
You hear yourself,you curse yourself
At times punishing yourself
Yet you carry a soothing face , a soother personality you expose
You adorn your soul with a mask ;
A mask of tranquility covering conflict
Because veiling your mysteries of solitude
Has made you different , has made you human. 

Saturday, October 24, 2015

तिम्रो कथा

आमाको रोग र भाइको भोकले सताएर
लाग्यौ अरब पैसा नामक "उपचार"कमाउन
आफ्नो मन मार्यौ ,शरीरको बैँसलाई गलायौ
केही बढी पल परिवारको साथ समाउन,
"कस्तो छस् बाबू" भन्दा बाँचेजस्तो गर्छौ
दुई थोपा आँसु बर्साउँदै हाँसेजस्तो गर्छौ
आजको दिन दुखको सागरमा पौडिँदै
भोलिका लागि खुसी साँचेजस्तो गर्छौ ,
न दशैमा आउँछौ न तिहार साथ ल्याउँछौ
घरमा त केवल पसिनाको कमाइ पुर्याउँछौ
आधा गाँस निल्दै कामतिर लाग्छौ
गाउँघर सम्झिँदै रातभर जाग्छौ ,
अरुले हेर्दा मात्र खुसी र शुन्य व्यथा
पैसाको बोटमा खेलेजस्तो देखिने
उदासिनताको मरुभूमिमा रुमलिएको
यो हो तिम्रो कथा , यो हो तिम्रो कथा ।














Friday, September 25, 2015

Her Sketch



As the pencil traced its way
On the brightest paper today
Moving back and forth with ease
Over the base with no crease
Two shades but a single color
Dark and light in a random order
It drew two of her pretty eyes
With a twinkle and of perfect size
But they hid the tears she cried
And didn't show the grief inside
That defined what she is today
Like the downpour which led to sunray
As it sketched her pretty lips
Seduction fully potrayed in all the bits
It concealed the mark of her tear
Which fell subtly to end right there
Neither it depicted her fortitude
Of defying the prejudicial solitude
Nor did it draw her reembarked hope
Or the story of how she struggled to cope
Picture printed the contour of her face
Reflecting just the outer surface
Blaming itself for demeaning her beauty
Pencil surrendered and gave up its duty.
























Sunday, August 23, 2015

साँझकाे माइक्रो

भर्खर भर्खर साँझ पर्दो हो
जुन देखाएर घाम डाँडामुनि झर्दो हो
हस्याङफस्याङ गर्दै माइक्रो कुर्दैछु
वरिपरीको भिडलाई उछिन्ने सोच्दैछु
नखिपोट नखिपोट गर्दै  करायो सानो भाइ
बस्नुस् दिदी लास्ट गाडी हो भन्न थाल्यो मलाई
बाहिरको अन्धकार र आमाको गालीको प्रहार
सम्झिदै कोच्चिन गएँ खुम्च्याएर मुहार
भित्रको गन्ध र गुन्द्रुकसरि गुम्सिएका ज्यान
देख्दै के थिएँ अचानक भड्कियो मेरो ध्यान
सुस्त सुस्त मेरो जीउ कसैले छोएजस्तो लाग्यो
भिडमा झुक्किएर छोइयो होला भन्ने सोच जाग्यो
तर जब ती हात थाले कम्मरतिर सर्न
मन भयो भारी, आँसुका थोपा थाले झर्न
त्यो मान्छेको जमातमा कोहिले देखेन
मेरो मजबुरीको फाइदा उठाउँदा कसैले छेकेन
आधा बाटो नि कटिसकेको थिएन
अँध्यारोमा ओर्लिहाल्न डरले दिएन
यता सरेँ उता सरेँ त्यो हात हट्दै हटेन
त्यो हातलाई पन्छ्याउने हिम्मत डट्दै डटेन
के गरौँ कसो गरौँ म आत्तिन थालेँ
जिउ छेउतिर सार्दै माइक्रोको भित्तामा टालेँ
त्यो हुलमा एक्लिएकी मलाई कोहिले साथ दिएन
ओर्लिएर सिट खाली गर्नेे कसैले नाम लिएन
अब त हातमात्र हैन सिङ्गो शरीरनै नजिक आयो
डराएको मेरो मनको अब मज्जाले सातो गयो
आफूलाई सम्झाउँदै बसेँ सास दबाएर
रिस र आँट दुबैलाई भयले चबाएर
यत्तिकैमा ओर्लिने ठाउँमा आइपुगेछ गाडी
हतार हतार निक्लिएर कुदेँ नहेरी पछाडी
आफैंलाई कोस्न थालेँ किन रोकिन मैले
त्यस्तो पशुलाई जस्ले नारिलाई छुन खोज्छ जैले
अन्याय रोक्न नसक्नुमा कमजोरी आफ्नै भेटेँ
आफ्नो स्वाभिमानको गला म आफैँले रेटेँ
मेरो खसेजस्तै आत्मविश्वास कसैको नझरोस्
लाचार र विवश भइ कोहि नारी दबिनु नपरोस् ।



















Sunday, August 16, 2015

भविस्यमा आइपुग्दा

आज केही नौलो कुरा देख्दैछु म
देखेको कुरा यहाँ लेख्दैछु म
हिजो रोएको देश हाँस्दै छ आज
मुर्झाएको फुल फक्रिएर मान्दै छ लाज
किन हो कालो मुस्लो देखिएको छैन
कसैको मनमा हिंसा लेखिएको छैन
कलम चलाउनेले मलम लगाएको देख्छु
आडम्बरको रवाफ छाड्नेहरु हराएको देख्छु
निशब्द छन् यी ओठ यस्तो यथार्थ जिउन पाउँदा
आनन्दित छ मन शान्तिको रस पिउन पाउँदा
मन टुत्राउने भन्दा जोड्ने बढी भेटेँ
आगो सल्काउनेभन्दा रुख हुर्काउने बढी भेटेँ
सिकाउने हातको घमण्डको रेखा मेटिएछ
चाउरिएको गालामा अडिएको बिछोडको आँसु मेटिएछ
सकिएछ रिस ,राग र दम्भको खेल
टाढिएका मनहरु हुँदैछन् यहाँ मेल
पौरखी हात सहि दामले भरिएछ
भोको पेट मिठो मामले भरिएछ
धुजाधुजा भएछन् देश भाँड्नेहरु
कुशल चालक बनेछन् देशको मैलो माँड्नेहरु
वर्तमानको मान्छे म भविस्यमा आइपुग्दा
पुर्खाको नासो पुस्तासम्म ल्याइपुर्याउँदा
मेरो देश अझ सजिएछ
मेरो देश अझ सजिएछ । 

Saturday, August 15, 2015

उफ् यो पढाई


हिम्मत र तागत सबै लगाएर
आज म पढ्न बस्दैछु
आलश्य र डर भगाएर
म किताबको भुमरीभित्र पस्दैछु
अलिअलि भोक लाग्न पो थाल्यो
किताबका सादा पाना पल्टाउँदा
निन्द्राले आँखामा डेरा जमाउन थाल्यो
यी भयङ्कर हिसाब सल्टाउँदा
आज जीउ गलेजस्तो छ निकै
पढ्नुपर्यो आरामले ढल्केर
तर यो पापी तनले धोका दियो
निदाउन खोज्छ आराममै पल्केर
चिमोट्न थाल्छु , सम्झाउँछु आफूलाई
अहँ आज जसरी नि यति पढ्नु छ
सबैले चढेको सफलताको सिँढी
आज मैले जसरी नि चढ्नुु छ
तर, पापी मन खोज्न थाल्छ रमाइलो
भन्छ, सक्दिन पढ्न यी मोटा पाना
के गरुँ म ,मजबुर छु ओइ मन
सक्दिन बनाउन यी किताबलाई साना
पत्रिकाको विज्ञापनले नि तान्छ
पढ्न मन लाग्दैन जब
निराशिएको मन आनन्द मान्छ
म टिभी खोल्दछु जब
एकछिन सुत्छु ,अनि उठेर पढ्छु
बाचा छ मेरो यो लोभी मन मार्छु
बिताइदिन्छु हरेक पल पुस्तकको नाममा
रातदिन कस्सिएर पसिना झार्छु
आज त साथी पो आएछ
जाउँ हिंड् घुम्न भन्न थाल्यो
मन चङ्गा भो ,खुसिले दङ्ग भो
अघि खाएको कसमलाई लोभले टाल्यो
आज यसो फ्रेस हुन जानूपर्यो
भोलिबाट त पक्का पढ्ने छु
कि म रहने छैन कि यो किताब
भोलिबाट यो विशाल पहाड चढ्नेछु
आज पिउँछु म, नरोक मलाई
आनन्दको सास अन्तिमपल्ट फेर्नदेउ
भोलिबाट अँध्यारो जिन्दगी सुरु हुन्छ
आज एकछिन उज्यालो हेर्नदेउ
मनको कुनै कुनामा थाहा छ मलाई
यो भाकल गरेको "भोलि" आउनेछैन
तर पनि आजको बोझ भोलिलाई सार्छु
पत्तो हुँदाहुँदै कि भोलि फरक घाम उदाउनेछैन








Sunday, August 9, 2015

म आमा

मेरो कोखलाई लत्त्याएर आज
तिमी आनन्दको सुस्केरा लिरहेको छौ
मलाई मेरो सन्तानबाट पर लगेर
आज, आफ्नो सन्तानसङ्ग रमाइरहेको छौ

तिम्रो आगमनको पर्खाइमा कति आँसुलाई भुलाएँ
आएपछी तिमी, तिम्रो हाँसोमा आफ्नो खुशी भेटाएँ
तर,के गल्ती पायौ कुन्नी मेरो मायामा
आमा हैन,केवल बोझका रुपमा आफुलाई पाए

जीवनका अन्तिम पलमा आइपुग्दा
थाकिसके तिमिलाई खुवाउने यी हात
तिम्ले पछ्याउँदै हिंड्न सिकेका यी पाइलाले
छोड्न थालिसके मेरा साथ

यो रिति रैछ सायद यस समाजको
नयाँ परिवार जोड्दै पुरानालाई छोड्नुपर्ने
बाबुआमाको कर्ममा यस्तै लेखिन्छ होला
सन्तान हुर्केपछे बाटो अन्तै मोड्नुपर्ने

एक्लो छुइन म चिन्ता नगर बाबू
धेरै छन् मजस्ता यहाँ
यो बस्ती नै रहेछ यस्तो ठाउँ
आफ्नाबाट खेदिएका बस्छन् जहाँ

कालले अहिले खोज्दैछ मलाई
चाँडेै नै यो सन्सारबाट बसाइँ सर्दैछु
आँखामा तिमिले दिएका आँसु सजाउँदै
मनमा तिम्रो खुसीको कामना गर्दैछु