Thursday, April 7, 2016

याद

झ्यालमा अडिएको बाफमा
तिम्रो नाम कोर्दाकोर्दै
रोकिएका यी औंलाहरु
आँसु पुछ्न आँखातिर सर्छन्,
तातो आँसुमा चिसो हात पर्दा लाग्छ
बिछोडको घाउ बल्झिँदै छ
अनि आउँछन् लस्करै
तिम्रा यादका जन्ती
मेरो खुशीलाई डाेलीमा लगेर
दुखको आँगनमा अन्माउन,
मलाई आफैँ देखि टाढा
धेरै धेरै टाढा लैजान ।
- प्रज्ञा