भर्खर भर्खर साँझ पर्दो हो
जुन देखाएर घाम डाँडामुनि झर्दो हो
हस्याङफस्याङ गर्दै माइक्रो कुर्दैछु
वरिपरीको भिडलाई उछिन्ने सोच्दैछु
नखिपोट नखिपोट गर्दै करायो सानो भाइ
बस्नुस् दिदी लास्ट गाडी हो भन्न थाल्यो मलाई
बाहिरको अन्धकार र आमाको गालीको प्रहार
सम्झिदै कोच्चिन गएँ खुम्च्याएर मुहार
भित्रको गन्ध र गुन्द्रुकसरि गुम्सिएका ज्यान
देख्दै के थिएँ अचानक भड्कियो मेरो ध्यान
सुस्त सुस्त मेरो जीउ कसैले छोएजस्तो लाग्यो
भिडमा झुक्किएर छोइयो होला भन्ने सोच जाग्यो
तर जब ती हात थाले कम्मरतिर सर्न
मन भयो भारी, आँसुका थोपा थाले झर्न
त्यो मान्छेको जमातमा कोहिले देखेन
मेरो मजबुरीको फाइदा उठाउँदा कसैले छेकेन
आधा बाटो नि कटिसकेको थिएन
अँध्यारोमा ओर्लिहाल्न डरले दिएन
यता सरेँ उता सरेँ त्यो हात हट्दै हटेन
त्यो हातलाई पन्छ्याउने हिम्मत डट्दै डटेन
के गरौँ कसो गरौँ म आत्तिन थालेँ
जिउ छेउतिर सार्दै माइक्रोको भित्तामा टालेँ
त्यो हुलमा एक्लिएकी मलाई कोहिले साथ दिएन
ओर्लिएर सिट खाली गर्नेे कसैले नाम लिएन
अब त हातमात्र हैन सिङ्गो शरीरनै नजिक आयो
डराएको मेरो मनको अब मज्जाले सातो गयो
आफूलाई सम्झाउँदै बसेँ सास दबाएर
रिस र आँट दुबैलाई भयले चबाएर
यत्तिकैमा ओर्लिने ठाउँमा आइपुगेछ गाडी
हतार हतार निक्लिएर कुदेँ नहेरी पछाडी
आफैंलाई कोस्न थालेँ किन रोकिन मैले
त्यस्तो पशुलाई जस्ले नारिलाई छुन खोज्छ जैले
अन्याय रोक्न नसक्नुमा कमजोरी आफ्नै भेटेँ
आफ्नो स्वाभिमानको गला म आफैँले रेटेँ
मेरो खसेजस्तै आत्मविश्वास कसैको नझरोस्
लाचार र विवश भइ कोहि नारी दबिनु नपरोस् ।